
काठमाडौं, २३ फागुन । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ ।
हिजो स्थगित गरिएको बैठक आज बिहान ११ बजे बस्न लागेको हो । शुक्रबारदेखि शुरु भएको बैठकमा प्रनिनिधिसभाबाट एमसीसी सम्झौता पारित गर्ने पार्टीको निर्णय अनुमोदनका लागि पेश भएको थियो ।
यसअघिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन जोगाउँदै निर्वाचनमा जाने र माओवादी केन्द्र दोस्रो पार्टी बन्ने रिपोर्टिङ आफूले पाएको जानकारी गराएका थिए ।
आजको बैठकमा स्थायी समिति, पोलिट्व्यूरो र केन्द्रीय समितिलाई पूर्णता दिने विषयमा छलफल हुने छ । माओवादीको पुस १८ गते सम्पन्न आठौं महाधिवेशनले २४७ केन्द्रीय सदस्य चयन गरेको थियो ।
लगत्तै १९ गतेको केन्द्रीय समितिले प्रचण्डलाई अध्यक्ष चयन गरेको थियो । पार्टीको २९९ केन्द्रीय सदस्यमा २४७ मात्र चयन भएका छन् ।
पदाधिकारीमा एक जना वरिष्ठ उपाध्यक्ष, सात जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र कोषाध्यक्ष चयन गर्न बाँकी छ ।















प्रतिक्रिया