
काभ्रेपलाञ्चोक, २२ फागुन । बेथानचोक गाउँपालिका–३ लुर्कु चनौटे बस्ने रोशन श्रेष्ठकी छोरी ५ वर्षीया रीतिका श्रेष्ठको आफ्नै घरमा खेल्ने क्रममा भुसा काट्ने मेसिन पल्टिएर किच्दा शनिबार दिउँसो मृत्यु भएको छ ।
मेसिनले किचेर गम्भीर घाइते भएकी उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी ढुङ्खर्कबाट खटिएको प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया