
काठमाडौं, २२ फागुन । सशस्त्र प्रहरी परिवार महिला संघले कल्याणकारी कार्यक्रमअन्तर्गत नेपाल एपीएफ अस्पताल वलम्बुमा महिला स्वास्थ्यसम्बन्धी सर्भाइकल क्यान्सर प्रिभेन्ट विषयक दुई दिने प्रशिक्षण आयोजना गरिएको छ ।
क्यान्सर कियर नेपाल र प्रिभेन्ट क्यान्सर फाउनडेशन यूएसएको सहयोगमा सञ्चालन गरिएको उक्त प्रशिक्षणको नेपाल एपीएफ अस्पतालका प्रमुख प्रा. सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक डा. रुपक महर्जन र क्यान्सर कियर नेपालका डा. मदन पियाले गत शुक्रबार संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
सो प्रशिक्षणमा नेपाल एपीएफ अस्पतालका विषेशज्ञ डाक्टर प्रा. सशस्त्र प्रहरी उपरीक्षक सौजन्य कर्माचार्य, प्रोफेसर डा. जितेन्द्र परियार, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान बीर अस्पतालका प्रोग्र्राम डाईरेक्टर प्रोफेसर डा. सन्धा चापागाई, प्रोफेर श्यामकुमार जोशी र क्यान्सर कियर नेपालका डा. मदन पियाले क्यान्सर हुन सक्ने कारण, सो बाट बच्ने उपाय, क्यान्सर लागेपछि उपचार सम्भव छ वा छैन तथा क्यान्सर लागेपछि गरिने विविध उपचारको विधि र रोकथामको उपायहरुको बारेमा समेत प्रशिक्षण गरे ।
सो समारोहमा नेपाल एपीएफ अस्पताल, बीर अस्पताल, ओम समाज अस्पताल, नेसनल क्यान्सर अस्पताल र द यूनिभरसिटी अफ टोक्योका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु गरी कुल ४० जनाको सहभागीता रहेको थियो ।
२०५९ साल असार १७ गते स्थापना भएको सशस्त्र प्रहरी परिवार महिला संघ निःस्वार्थ सेवा भावकासाथ समाज सेवाको क्षेत्रमा निरन्तर क्रियाशील रहँदै सिमान्तकृत तथा पिछडिएका क्षेत्रका बालबालिकाहरुको निःशुल्क अध्ययन, जेहेन्दार छात्रछात्राहरुलाई छात्रबृत्ति प्रदान, विपद् प्रकोप पिडीतहरुलाई राहत वितरण, देशका विभिन्न ठाउँहरुमा स्वास्थ्य शिविर संचालन, राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीका श्रीमतीहरुलाई स्वरोजगारमूलक तालिम प्रदान, जनचेतनामुलक कार्यक्रम संचालन, रक्तदान लगायत बागमती सरसफाई महाअभियानमा सहभागिता जनाउँदै आफ्नो क्षमताले भ्याएसम्म संघको उद्देश्य प्राप्तीमा निरन्तर कृयाशिल रहेको जनाइएको छ ।















प्रतिक्रिया