७ कार्तिक २०८३, शनिबार

पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध विद्यार्थीहरूले निकाले राँके जुलुस

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ फागुन । राप्रपा नेपाल समर्थित विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन नेपालले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको बिरोधमा अहिले साँझ राँके जुलुस प्रदर्शन गरेको छ ।

पार्टी कार्यालय धुम्बाराहीबाट निकालिएको जुलुस चाबहिलको पुल पुगेर कोण सभामा परिणत भएको थियो । बढेको मूल्य तत्काल फिर्ता हुनुपर्ने, भ्रष्टाचारको अन्त्य हुनुपर्ने, हिन्दूराष्ट्र कायम हुनुपर्ने जस्ता नारा लगाउँदै जुलुस प्रदर्सन भएको हो ।

कोण सभालाई सम्बोधन गर्दै विद्यार्थी संगठनका अध्यक्ष कमल बमले सरकार भ्रस्टाचारमा लिप्त भएको र जनताको ढाड सेकिने मूल्य वृद्धिलाई भने निरन्तर जारी राखेको भन्दै चर्को आलोचना गरेका थिए ।