
वीरेन्द्रनगर, २१ फागुन । प्रहरी नियन्त्रणमा परेका व्यापारीको मृत्यु भएपछि वीरेन्द्रनगरमा तनाव भएको छ ।
मृतक मिनि हमालका आफन्तले विरोध प्रदर्शन गरेर तनाव उत्पन्न भएको हो ।
प्रदर्शनमा स्थानीयबासी तोडफोड समेत गरेका छन् । हमालका आफन्तले प्रहरीले नियन्त्रणमा लिएर अण्डकोषमा हानेको आरोप लगाएको छ । त्यसपछि अस्पताल पुर्याउँदा मृत घोषित भएका थिए ।
२० फागुनको राति नेपालगञ्जबाट सुर्खेत आउँदै गरेका कालिकोट तिलागुफा नगरपालिकाका ३४ वर्षीय मिनी हमालसहित तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
उनीहरुले मदिरा सेवन गरेको र प्रहरीले नियन्त्रणका क्रममा बल प्रयोग गरेको बताइएको छ ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतले घटनाको छानविनका लागि प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद पाण्डेको संयोजकत्वमा ४ सदस्यीय छानविन समिति गठन गरिएको जनाएको छ । ३ दिनभित्र छानविन गरी प्रतिवेदन पेश गर्ने भन्दै शान्तिसुरक्षाका लागि अपिल गरेको छ ।
यस्तो छ जिल्ला प्रशासनको अपीलः













प्रतिक्रिया