
काठमाडौँ, २१ फागुन । नेकपा एमालेका सचिव गोकर्ण विष्टले देश र जनताको हितका लागि एमालेले जित्न जरुरी रहेको बताएका छन् ।
शनिबार काठमाडौं आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै सचिव विष्टले भने, ‘देश र जनताको हितका लागि पनि आगामी निर्वाचनमा एमालेले जित्नैपर्ने हुन्छ । गठबन्धनका रुपमा एमालेका विरुद्ध चुनाव लडन आए भने पनि नेकपा एमाले सामना गर्न तयार छ । नेकपा एमाले आफ्नो विजयलाई कायमै राख्न चाहन्छ । मुलुकको भाग्य र भविष्यको निम्ति पनि यो निर्वाचन एमालेले जित्न जरुरी छ ।’
गठबन्धन दलहरु एमालेसँग निर्वाचन लड्न डराएको पनि बताए । एमाले एक्लै चुनाव लड्न तयार रहेको पनि सचिव विष्टको भनाइ छ ।
सचिव विष्टले आगामी निर्वाचनमा पार्टीलाई विजयी गराउने काममा केन्द्रित हुनु पनि सिंगो पार्टी पंक्ति लाग्नुपर्ने बताए ।












प्रतिक्रिया