७ कार्तिक २०८३, शनिबार

‘आफ्नै पार्टीको नेतालाई प्रधानमन्त्रीबाट हटाउने अपराध माधव नेपालबाट भयो’

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौँ, २१ फागुन । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले माधव नेपालले आफ्नै पार्टीको नेतालाई प्रधानमन्त्रीबाट हटाउने आपराधिक कामको अगुवाई गरेको बताएका छन् ।

शनिबार ओखलढुंगा काठमाडौं सम्पर्क मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले यस्तो बताएका हुन् ।

उनले प्रमुख प्रतिद्वन्द्वी पार्टीको नेतालाई प्रधानमन्त्री बनाउने र आफ्नो पार्टीको नेतालाई हटाउने आपराधिक काम नेपालबाट भएको बताए ।

उनले भने, ‘ओलीले कमजोरी गरे भन्ने नाममा हाम्रो प्रमुख प्रतिद्वन्द्वी, बोलिचालीको भाषामा प्रमुख शत्रु नेपाली कांग्रेसको नेतालाई प्रधानमन्त्री बनाउने आफ्नो पार्टीको नेतालाई प्रधानमन्त्रीबाट हटाउने आपराधिक कामको अगुवाई गर्ने काममा मूख्य भूमिका उहाँ (माधव नेपाल)ले खेल्नुभयो ।’

उनले पार्टीबाट अलमलिएका नेताहरुलाई संगठनमा ल्याउन आग्रह समेत गरे ।

उनले थपे, ‘यतिबेला घृणित दक्षिणपन्थी अवसरवादको अगुवाई माधव नेपाले गरेका हुन् ।’