
झापा, २१ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केहि दिनमा सकिने बताएका छन् ।
शनिबार गृहजिल्ला झापामा प्रेस चौतारी प्रदेश १ को अधिवेशनलाई सम्बोधन गर्दै ओलीले २०५६ सालमा नै आफूले माओवादी सकिन्छ भनेर भनेको उल्लेख गर्दै अब त्यो दिन आएको उनको भनाइ छ ।
उनले भने, ‘मैले २०५६ सालमा भनेको थिएँ, माओवादी केन्द्र सकिन्छ भनेर । अब त्यो आयो ।’ केही वर्षअघि आफूले ‘पम्प’ लगाइदिएर अलि हावा भरिदिएकाले अहिलेसम्म माओवादी केन्द्र टिकेको उनले बताए ।
उनले भने, ‘अब पम्प हाल्न छोडेपछि त विस्तारै बेलुन सुक्दै जाँदैछ।’
ओलीले माओवादी केन्द्र सकिनै पर्ने पनि बताए । उनले प्रचण्डप्रति कटाक्ष गर्दै प्रचण्डले चिनामै सिद्धिने ग्रह बोकेर ल्याएको बताए ।
उनले भने, ‘एमसीसी पास गर्नै नहुने हो तर एमालेले सिध्याउने भो भनेर प्रचण्डजीका कुरा सुन्छु। कहाँ एमालेले सिध्याउनु, उनले चिनामै त्यस्तो बोकेर आएका छन्, त म के गरौं।’















प्रतिक्रिया