बुधबार, २ जेठ २०८१
DainikNepal.com
बुधबार, २ जेठ २०८१

राष्ट्रिय सभामा निर्वाचित १९ सदस्यहरुद्वारा शपथ ग्रहण

दैनिक नेपाल २०७८ फागुन २१ गते १३:२४

काठमाडौँ, २१ फागुन । राष्ट्रिय सभामा निर्वाचित १९ सदस्यहरुले शपथ ग्रहण गरेका छन् ।

शनिबार सिंहदरबारस्थित कानुन न्याय तथा मानव अधिकार समितिको कक्षमा राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले सदस्यहरुलाई शपथ ग्रहण गराएका हुन् । उनीहरुलाई अध्यक्ष तिमिल्सिनाले ब्याच पनि वितरण गरे ।

राष्ट्रिय सभामा नेपाली कांग्रेसबाट ६, नेकपा माओवादी केन्द्रबाट ५, नेकपा एकीकृत समाजवादीबाट ५, नेकपा एमाले, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबाट एक–एक जना सदस्य निर्वाचित भएका थिए । राष्ट्रपतिबाट एक जना सदस्य मनोनित हुन बाँकी छ ।

गत माघ १२ मा १९ सिटका लागि भएको राष्ट्रिय सभा निर्वाचन भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित