
दोलखा, २१ फागुन । नेकपा एमाले बिगु गाउँपालिका संगठन कमिटीले आयोजना गरिरहेको ‘पार्टी जागरण अभियान’मा पार्टी प्रवेशको लहर नै चलेको छ ।
जिल्लाको बिगु गाउँपालिका संगठन कमिटीले केही दिनयता पालिकाभर ‘अगुवा कार्यकर्ता भेला तथा पार्टी जागरण अभियान’ सञ्चालन गरिरहेको छ । उक्त अभियानका क्रममा नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र र अन्य विभिन्न पार्टी परित्याग गरी दर्जनौं पुराना तथा नयाँ नेता–कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।
प्रवेशीहरूमध्ये कतिपय यसअघि एमाले छोडेकाहरू समेत छन् । उनीहरूले पछिल्लो समय काङ्ग्रेस र माओवादीले सरकार निर्माणमा गरेको अप्राकृतिक गठबन्धन, जनतालाई झुक्याएर अमेरिकी सहयोग परियोजना (एमसीसी) पारित गरेको तथा जनभावनाअनुरूपको काम गर्न नसकेकोप्रति असन्तुष्टि जनाउँदै पुनः एमालेमा फर्किएको बताएका छन् ।
शुक्रबार बिगु गाउँपालिका–५ चिलंखामा वडा संगठन कमिटीले आयोजना गरेको कार्यक्रममार्फत एमाले प्रवेश गर्नेहरूमा नेकपा माओवादी केन्द्रसम्बद्ध वाईसीएल चिलंखाका सचिव प्रताप पोर्तेल (बिक) सहितका छन् भने काङ्ग्रेस परित्याग गरी यामबहादुर जीसीसहितकाले एमाले रोजेका छन् ।

अन्य प्रवेशीहरूमा रामबहादुर जीसी, लालबहादुर जीसी, पहलबहादुर जीसी, गणेश जीसी, बलमान भुजेल, मानबहादुर थामी, शान्ताकुमार थामी, गणेश नेपाली, गसप्तबहादुर भुजेल, मनिता तामाङ, निरमाया तामाङ, पेमडोमा तामाङ, दिलकुमारी तामाङ, बबिता तामाङ, सुकमाया तामाङ, अमृतकुमारी जीसी, वादी तामाङ र जितबहादुर तामाङ छन् ।
त्यस्तै मानबहादुर खत्री, राजन प्रधान, मोहन मगर, खामबहादुर श्रेष्ठ, अम्बर मगर, कमल श्रेष्ठ, केन्द्रबहादुर गुरुङ, छिर्लमु तामाङ, मेत्तार तामाङ, कामी तामाङ, सन्देश खड्का, सुजन भुजेल र बादुरे तामाङलगायतले पनि काङ्ग्रेस र माओवादी परित्याग गरी एमाले रोजेको गाउँ संगठन कमिटी चिलंखाका अध्यक्ष कर्मा शेर्पाले जानकारी दिए ।
उनका अनुसार टेकबहादुर श्रेष्ठ, दमाई थामी, लरामाया भुजेल, तुलसी थामी, सिता थामी, शान्ताकुमार थामी, शतीमाया थामी, जितबहादुर थामी, दलबहादुर थामी, नेत्रबहादुर थामी, शंकर तामाङ, डम्बर घिसिङ, मिने तामाङ, अरुणबहादुर थामी, गणेश भुजेल, दिपक भुजेल, काले तामाङ, कुमारी थामी, पूर्णमाया तामाङ, मक्कर लामा र बुद्ध थामीलगायतले पनि एमाले प्रवेश गरेका छन् ।















प्रतिक्रिया