७ कार्तिक २०८३, शनिबार

राष्ट्रियसभामा निर्वाचित १९ जना सांसदको शपथ ग्रहण आज हुँदै

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ फागुन । नवनिर्वाचित राष्ट्रियसभा सदस्यको शपथ आज शनिबार ११ बजे हुने भएको छ ।

संघीय संसद‍् सचिवालयका अनुसार राष्ट्रियसभाका १९ जना सदस्यको सपथ शनिबार बिहान ११ बजे कानुन, न्याय तथा मानवअधिकार समितिको कार्यकक्षमा राखिएको छ ।

शपथग्रहणसँगै नयाँ निर्वाचित भएर आएका सांसदहरूका लागि संसदीय प्रक्रिया र पद्धतिबारे जानकारी दिने कार्यक्रम राखिएको संघीय संसद् सचिवालयले जनाएको छ ।

चार वर्षे कार्यकाल पूरा गरेर राष्ट्रिय सभाका २० जना सांसद शुक्रबार बिदा भएका छन् । उनीहरुलाई शुक्रबार साँझ एक कार्यक्रम गरी बिदाई गरिसकिएको छ ।

पदावधि सकिन लागेका १९ जना राष्ट्रियसभा सदस्यका लागि माघ १२ गते भएको निर्वाचनबाट निर्वाचित भएर आएका सदस्यहरूलाई आज सपथ गराउन लागिएको हो ।