बुधबार, २ जेठ २०८१
DainikNepal.com
बुधबार, २ जेठ २०८१

जिल्ला सहकारी संघ दोलखा र बागलुङबीच अन्तरक्रिया

साधना पन्त २०७८ फागुन २१ गते ८:१२

बागलुङ, २१ फागुन । जिल्ला सहकारी संघ लिमिटेड दोलखा र जिल्ला सहकारी संघ बागलुङबीच शुक्रबार बागलुङमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

अध्ययन अवलोकनका लागि बागलुङ आएको दोलखा संघका पदाधिकारी तथा सदस्यहरू र जिल्ला सहकारी संघका पदाधिकारी तथा सदस्यहरूबीच छलफल भएको हो ।

सहकारी संघहरूले गरेका असल अभ्यासहरूका बारेमा जानकारी गराउनुका साथै एकले गरेका काम अर्को संघले अनुकरण गर्नुका साथै अन्यत्र समेत जानकारी गराउन सहज हुने सो अवसरमा जानकारी दिइयो ।

जिल्ला सहकारी संघ दोलखाका तर्फबाट अध्यक्ष हेमन्त चौलागाईले संघले गरेका काम, भावी योजना र दोलखाको सहकारी अभियानका बारेमा जानकारी गराएका थिए । संघले सदस्य संस्थाहरूको संस्थागत विकास, संस्थाका सञ्चालक तथा कर्मचारीहरूको क्षमता विकासलगायत सहकारी अभियानको प्रवर्द्धनका लागि निरन्तर रूपमा काम गर्दै आएको र सहकारीको साख बढाउन महत्वपूर्ण भूमिका खेलेको उनले जानकारी गराए ।

सहकारी अभियानले सञ्चालन गरेका कार्यक्रमहरूले देशको आन्तरिक पर्यटनमा समेत योगदान गरेको चौलागाईको भनाइ थियो । चौलागाइले फागुन १८ गतेबाट दोलखाबाट पश्चिमका सहकारीहरूको अवलोकन भमण गर्दै बागलुङसम्म आएको बताए । उनले सहकारीले गरेका सकारात्मक कामहरूलाई लिएर दोलखाका सहकारीमा कार्यान्वयन गर्ने र पर्यटन प्रवद्र्धनमा केही सहयोग गर्ने उदेश्यका साथ सहकारी संघले भमण गरेको बताए ।

जिल्ला सहकारी संघ बागलुङले सचालन गरेका कार्यक्रम, योजना तथा समन्वयका बारेमा संघका अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमा कुमारी जीसी (अञ्जु)ले जानकारी गराइन् । जिल्ला सहकारी संघ बागलुङले सहकारीहरूको प्रवर्द्धनलगायत समुदायमा सहकारी अभियानप्रति सकारात्मक धारणा सृजना गर्न निरन्तर काम गर्दै आएको उनको भनाइ थियो ।

जिल्ला सहकारी संघले रणनीतिक योजना बनाएर आफ्ना गतिविधि अगाडि बढाएको जानकारी गराउदै अध्यक्ष जीसीले बागलुङ जिल्लाका १० वटै पालिकामा सञ्चालित सहकारीहरूको अवस्था झल्कने गरी प्रोफाइल प्रकाशन गर्न लागिएको जानकारी गराइन् ।

भेटघाट कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जीसीले सहकारीकर्मीहरूबीचको अन्तरक्रियाले सहकारीको प्रवद्र्धनमा सहयोग पुग्नाका साथै सहकारी पर्यटनको विकासमा समेत योगदान पुग्ने धारणा व्यक्त गरेका थिए ।

धवलागिरी क्षेत्रमा सहकारी अभियानको प्रवर्द्धनका लागि जिल्ला सहकारी संघ बागलुङले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको र आगामी दिनमा थप व्यवस्थित गराउनका लागि संघलाई सुझाव दिएका थिए ।

दुवै जिल्ला सहकारी संघका पदाधिकारी तथा सदस्यहरू र प्रवन्धकहरूको सहभागिता रहेको कार्यक्रममा स्वागत मन्तव्य जिल्ला सहकारी संघ बागलुङका कोषाध्यक्ष लक्ष्मण पुन र सञ्चालन संघका सञ्चालक जगन्नाथ सापकोटाले गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित