मंगलबार, १ जेठ २०८१
DainikNepal.com
मंगलबार, १ जेठ २०८१

गठबन्धन सरकार देश र जनताका लागि नभएको प्रमाणित भइसक्योः अध्यक्ष ओली

दैनिक नेपाल २०७८ फागुन २० गते २१:४४

दोलखा, २० फागुन । नेकपा एमाले अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धन सरकार देश र जनताका लागि नभएको तथ्यबाटै प्रमाणित भइसकेको बताएका छन् ।

शुक्रबार दोलखाको शैलुङ्ग डाँडामा आयोजित शैलुङ्ग साहित्यिक–सांस्कृतिक महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

अहिलेको सरकार सत्ता र गठबन्धन जोगाउनका लागि मात्रै भएको बताए । ‘अहिलेको सरकार विकासका लागि होइन,देश र जनताका लागि होइन, गठबन्धनको लागि मात्र हो,’ अध्यक्ष ओलीले भने ।

आफ्नो नेतृत्वमा समृतितर्फ उन्मुख भनेर चिनाउन गरेको कार्यलाई विफल बनाउन सरकारले लागेको ओलीको भनाइ छ ।

उनले गठबन्धन सरकारले फेरि देशलाई संकटतर्फ धकेल्दै लगेको पनि बताए । सरकार चलाउनेहरु ठिक नभएका कारण देशको अवस्था अस्तव्यस्त बनेको ओलीको भनाई थियो ।

जनताले देश र जनताको लागि काम गर्ने पार्टी एमाले मात्रै हो भन्ने बुझेको भन्दै अध्यक्ष ओलीले भने, ‘धेरै भोट कसलाई दिनुहुन्छ भनिरहँन र राजनीतिक कुरा गरिरहन आवश्यक छैन,एमाले देश र जनताको पार्टी हो भन्ने जनताले बुझिसकेका छन् ।’

प्रतिक्रिया
सम्बन्धित