७ कार्तिक २०८३, शनिबार

आफूविरुद्धको मुद्दा ब्यूँतिने भएपछि एमसीसी पारित गरेको प्रचण्डको खुलासा

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूविरुद्धका विगतमा लगाइएको मुद्दाहरु व्युँतिने भएपछि अमेरिकी सहयोग परियोजना एमसीसी पारित गर्नुपरेको खुलासा गरेका छन् ।

आफैँले राष्ट्रघाती भनेर किटान गरेको एमसीसी संझौता अनुमोदन गरेर पार्टीमै चर्को आलोचना भोगिरहेका अध्यक्ष प्रचण्डले एमसीसी पारित गर्नु रहेको बताएका हुन् ।

महाधिवेशनको निर्णयलाई कुल्चेर एमसीसी पारित गरेपछि उनकै नेताहरु उनीविरुद्ध लागेका छन् ।

शुक्रबारदेखि सुरु पार्टीको केन्द्रीय कमिटीको बैठकमा उनले यस्तो प्रष्टिकरण दिएका बताइएको छ ।

प्रचण्डले अमेरिका धेरै शक्तिशाली राष्ट्र भएको र आफूहरुले लड्न नसक्ने भन्दै एमसीसी पारित गर्ने निर्णयमा पुगेको स्पष्ट पारेका हुन् ।