
काठमाडौँ, २० फागुन । प्रधानमन्त्री शेरबहादुर देउवा पनि प्रतिनिधिसभा विघटनको विकल्पमा पुगेको संकेत देखिएको छ ।
सत्ता गठबन्धनको बिहीबार बसेको बैठकमा संसदको गतिरोध अन्त्याका लागि संघीय संसदको निर्वाचनमा जाने प्रस्ताव भएको बताइएको छ ।
बैठकमा एमसीसी पारित गरिएकोमा एक अर्काले बधाई साटेका थिए भने केही नेताहले भने चर्को विरोध पनि गरेका थिए ।
बैठकमा काँग्रेसका नेताहरुले संसदको गतिरोध अन्त्य नभए संसद विघटनतर्फ जानुपर्ने बताएका थिए ।
बैठकमा तीन विकल्पमाथि छलफल भएको बताइएको छ । पहिलो– एमालेलाई अवरोध हटाउन अनुरोध गर्ने, दोस्रो– अवरोधबीच पनि संसद सञ्चालन गर्ने, तेस्रो– प्रतिनिधिसभा विघटन गरेर निर्वाचनमा जाने । यस विषयमा गठबन्धनले एमालेको राय बुझ्न खोजेको बताइएको छ ।
केही नेताहरुले भने एमालेको अवरोधकै बीच संसदमा दर्ता भएको महत्वपूर्ण विधेयकहरु अघि बढाउनुपर्ने बताएका थिए ।
त्यस्तै, बैठकमा सधैँ मिचेर अघि बढ्ने कुरा सोभनिय नहुने भन्दै विकल्पमै जानुपर्ने राय पनि नेताहरुले राखेका बताइएको छ ।
त्यस्तै, बैठकले गठबन्धनलाई बलियो बनाउनुपर्नेमा पनि जोड दिएको छ ।















प्रतिक्रिया