मंगलबार, १ जेठ २०८१
DainikNepal.com
मंगलबार, १ जेठ २०८१

थप १२६ जनामा संक्रमण, ३८५ निको, एकको मृत्यु

दैनिक नेपाल २०७८ फागुन २० गते १६:४७

काठमाडौँ, २० फागुन । नेपालमा पछिल्लो २४ घण्टामा १२६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा १२६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ७ हजार ९१ पीसीआर र एन्टिजेन विधिबाट १ हजार ८४२ एन्टिजेन परीक्षण गरिएकोमा १२६ जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या ११ लाख १६ हजार ८८७ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३८५ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ९ लाख ५८ हजार १९३ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ७ हजार २४२ जना रहेको छ ।

थप ३७ हजार १९२ जनाले खोप लगाएका छन् । हालसम्म करिब डेढ करोड बढीले कोरोनाविरुद्धको पूर्ण खोप लगाइसकेका छन् ।

थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ९४५ जना पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित