बुधबार, २ जेठ २०८१
DainikNepal.com
बुधबार, २ जेठ २०८१

एमाले अध्यक्ष शैलुङमा (फोटोफिचर)

दैनिक नेपाल २०७८ फागुन २० गते १६:४२

दोलखा, २० फागुन । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली दोलखाको शैलुङमा पुगेका छन् ।

शुक्रबार शैलुङ साहित्यिक–सांस्कृतिक महोत्सवको उद्घाटन त्यहाँ पुगेका ओलीलाई स्थानीयबासीले भव्य स्वागत गरेका थिए ।

मदन भण्डारी कला–साहित्य प्रतिष्ठानले दोलखास्थित शैलुङ डाँडामा आयोजना गरेको शैलुङ साहित्यिक–सांस्कृतिक महोत्सव–२०७८ को आजै अध्यक्ष ओलीले आज उद्घाटन गरेका छन् ।

मदन भण्डारी कला साहित्य प्रतिष्ठानले नेपालको प्रसिद्ध शैलुङ थुम्कामा आयोजना गरेको महोत्सवमा सो क्षेत्रका आदिवासी जनजातिका झाँकीहरू प्रदर्शन गरेका छन् ।

अध्यक्ष ओलीलाई शैलुङ गाउँपालिका दोलखा र दोरम्बा शैलुङ गाउँपालिका रामेछापबाट स्वागत गरिएको छ । महोत्सव उद्घाटनअघि अध्यक्ष ओलीले कालिञ्चोक भ्रमण गरेका थिए ।

हेर्नुस् तस्वीरहरुः

प्रतिक्रिया
सम्बन्धित