
पोखरा, २० फागुन । प्रेस चौतारी नेपाल, गण्डकी प्रदेश कमिटीको अध्यक्षमा इन्द्र पौडेलसहित सर्वसम्मत नेतृत्व चयन भएको छ ।
शुक्रबार भएको प्रदेश अधिवेशनबाट अध्यक्ष पोडेलसहित उपाध्यक्षमा उमाकान्त शर्मा र उपाध्यक्ष (महिला)मा रोशनी गुरूङ, महासचिव आश गुरुङ, सचिव कमल सुवेदी, सचिव (समावेशी) मा गोपाल जिटी, कोषाध्यक्षमा भविश्वर पाण्डेसहित ४५ सदस्यीय सर्वसम्मत निर्वाचित भएका हुन् ।
चौतारीको आगामी फागुन २७ र २८ गते पोखरामा केन्द्रीय महाधिवेशन हुँदैछ ।
















प्रतिक्रिया