७ कार्तिक २०८३, शनिबार

राष्ट्रिय सभाका २० जना सांसदको पदावधि आज सकिँदै, को–को हुँदैछन् विदा ?

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० फागुन । राष्ट्रिय सभामा २० सांसदको पदावधि आजदेखि समाप्त भएको छ ।

कार्यकाल सकिनेमा सरकारको नेतृत्व गरिरहेको कांग्रेसका तीन जना छन् । कांग्रेसबाट राधेश्याम अधिकारी, दृगनारायण पाण्डेय र तारादेवी भट्टको पदावधि सकिएको हो ।

त्यस्तै एकीकृत समाजवादीका चार सांसदको पनि कार्यकाल सकिएको छ । समाजवादीका पदावधि सकिनेमा उदया शर्मा पौडेल, ठगेन्द्रप्रकाश पुरी, शान्तिकुमारी अधिकारी जिसी र शेरबहादुर कुँवर छन् ।

यसैगरी माओवादी केन्द्रका खिमकुमार विक, जीवन बुढा, दीनानाथ शर्मा र सशीकला दाहालको कार्यकाल सकिएको छ ।

यस्तै कार्यकाल सकिनेमा नेकपा एमालेका अगमप्रसाद बान्तवा राई, कविता बोगटी, कोमल वली, चक्र स्नेही, नैनकला ओझा, परशुराम मेघी गुरुङ, रामलखन चमार सुमनराज प्याकुरेल गरी ८ जना छन् ।

राष्ट्रपतिबाट मनोनित रामनारायण विडारीको पनि कार्यकाल सकिएको छ ।

सांसद विदाइका लागि राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आज साँझ ५ बजे विदाई कार्यक्रमको आयोजना गरेको छन् । निर्वाचित १९ सांसदहरूको शपथ ग्रहण कार्यक्रम भोलि हुँदैछ ।