७ कार्तिक २०८३, शनिबार

करीब चार महिनापछि सर्वोच्च अदालतमा आज संवैधानिक इजलास बस्दै

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० फागुन । करीब चार महिनापछि सर्वोच्च अदालतमा आज संवैधानिक इजलास बस्दैछ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध आन्दोलन शुरू भएपछि सर्वोच्च अदालतमा संवैधानिक इजलास बस्न सकेको थिएन ।

तर फागुन १ गते राणाविरुद्ध महाअभियोग दर्ता भएर उनी निलम्बनमा परेसँगै इजलास बस्ने बाटो खुलेको हो । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले पहिलो पटक संवैधानिक इजलास गठन गर्न लागेका हुन् ।

यसअघि प्रधानन्यायाधीश राणासँग एउटै इजलासमा नबस्ने न्यायाधीशहरुको अडानका कारण संवैधानिक इजलास बस्न सकेको थिएन ।