मंगलबार, १ जेठ २०८१
DainikNepal.com
मंगलबार, १ जेठ २०८१

ललितपुरमा नौ वर्षीया बालिका बलात्कृत

दैनिक नेपाल २०७८ फागुन २० गते ८:५५

प्रतिकात्मक तस्वीर

काठमाडौं, २० फागुन । लतिपुरमा एक नाबालिका बलात्कृत भएकी छिन् ।

नौ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कोञ्ज्योसोम गाउँपालिका–२ शंखु बस्ने २८ वर्षीय सन्तमान थोकर छन् ।

उनलाई बुधबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ । थोकरले ती बालिकालाई जबरजस्ती करणी गरेको सूचना प्राप्त भएकाले पक्राउ गरेको बताएको छ ।

इलाका प्रहरी कार्यालय कोञ्ज्योसोमबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित