मंगलबार, १ जेठ २०८१
DainikNepal.com
मंगलबार, १ जेठ २०८१

अब बिगतको त्रुटी दोहोर्‍याउँदिन, पार्टीलाई सशक्त बनाउँछु : कमल थापा

दैनिक नेपाल २०७८ फागुन २० गते ८:२८

काठमाडौं, २० फागुन । राप्रपा नेपालका अध्यक्ष कमल थापाले विगतका त्रुटी, कमी कमजोरीहरुलाई सच्याएर पार्टीलाई सशक्त रुपमा अडाडि बढाउने बताएका छन् ।

राप्रपा नेपाल निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन नेपालको घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले २०७३ सालपछि पार्टीलाई ठूलो बनाउने नाममा धेरै गल्तिहरु भएकोले अब त्यस्ता गल्तिबाट पाठ सिकेर पुनर्जागृत राप्रपा नेपाललाई सुदृढ बनाएर लैजाने बताएका छन् ।

सम्बर्द्धनवाद, सुशासन र समृद्धिको मुख्य एजेन्डा लिएर पार्टी अगाडिग जाने बताउदै थापाले परिवर्तनपश्चात् मुलुक त्रुटीपूर्ण मार्गचित्रबाट जबरजस्ती अगाडि बढाइएकाले संकटको दलदलमा भासिएको दाबी गरेका छन् ।

मुलुकको शिक्षा क्षेत्र गरिब जनताको छोराछोरीको पहुँचमा नभएको, व्यावसायिक र आत्मनिर्भर नभएको चर्चा गर्दै थापाले राप्रबिसं नेपालका विद्यार्थीहरुलाई शिक्षा क्षेत्रमा भएको विकृति बिसङ्गतीको अन्त्यका निमित्त सक्रियतापूर्वक भूमिका खेल्न आग्रह गगरे ।

कार्यक्रममा राप्रपा नेपालका नेताहरु राजाराम बर्तौला, लाक्पा लामा, ममता राई, उज्ज्वल पोखरेल, नगेन्द्र देउजा, सुजन अधिकारी, लक्ष्मण कँडेल, विद्यार्थी नेताहरू कमल बम, शशी भण्डारी, दिपेश शाह, राजु गैरे, त्रिबिक्रम सिंह लगायतले आ–आफ्नो मन्तव्य व्यक्त गरेका छन् ।

सो अवसरमा कमल बम रजवारको अध्यक्षतामा ७६ सदस्यीय राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन नेपाल गठनको घोषणा गरिएको छ ।

कमिटीको उपाध्यक्षमा चेतराज सिंह, राजु गैरे, लक्ष्मण पौडेल, दिपक जोशी रहेका छन् भने महासचिवमा सचिन अधिकारी र दिपेश शाह छन् ।

त्यस्तै सह–महासचिव तेज कार्की र समीर थापा, सचिब सरोज तिमल्सिना, अस्मिता बम, कमल सुनार, शिबराम घिमिरे, आर्यन पाण्डे र प्रवक्तामा त्रिबिक्रम सिंह छन् ।

प्रतिक्रिया
सम्बन्धित