मंगलबार, १ जेठ २०८१
DainikNepal.com
मंगलबार, १ जेठ २०८१

प्रचण्ड–माधव सत्ताका लागि जे पनि गर्ने प्रमाणित भयोः एमाले महासचिव पोखरेल

दैनिक नेपाल २०७८ फागुन १९ गते २१:३१

कैलाली, १९ फागुन । नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सत्ताका लागि जे पनि गर्ने प्रमाणित भएको बताएका छन् ।

बिहीबार प्रेस चौतारी कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् ।

त्यस्तै, एमसीसीको व्याख्यात्मक घोषणाको नाममा जनतामाथि भ्रम छरिएको पनि बताए ।

उनले महासचिव पोखरेलले कानून र संविधानले मान्यतासमेत नदिएको विषयमा जनतालाई भ्रमित पारिएको बताए ।

‘व्याख्यात्मक घोषणा गरेर लाज जोगाउने प्रयास भएको छ । जे छ त्यही कुरा स्पष्ट पारिएको हो संशोधन गरिएको होइन । कार्यकर्ताहरूलाई भ्रम सृजना गरिएको छ,’ पोखरेलले भने, ‘हाम्रो संविधान र कानूनले व्याख्यालाई कानुनी हैसियत प्रदान गर्दैन । ’

हुबहु एमसीसी पारित गरेर व्याख्यात्मक घोषणाको कुनै अर्थ नभएको पोखरेलको भनाइ छ । ‘शेरबहादुर देउवाकै नेतृत्वमा माओवादीसहितको सरकारले हस्ताक्षर गरेको थियो उनीहरू मिलेर पारित गरे । जसले सम्झौता गरे उनीहरूले जिम्मा लिए,’ महासचिव पोखरेलले भने ।

पोखरेलले सभामुख अग्नि सापकोटाले राजनीतिक पूर्वाग्रह राखेको पनि बताए । ‘सरकारको बिजनेस सभामुखले रोक्न मिल्दैन भन्ने हाम्रो अडान थियो त्यो पूरा भएको छ, टेबल गर्नु परे आत्महत्या गर्छु भन्नु भएको थियो अहिले राजनैतिक पूर्वाग्रही भएको पुष्टि भएको छ,’ पोखरेलको भनाई छ ।

काँग्रेससँग पटक पटक भएको छलफलमा सत्ताका लागि नभएको उनले बताए । ‘सत्ता परिवर्तन गर्ने विषयमा छलफल थिएन । हामीले उनीहरूलाई सँगै राखेर यो प्रकरणमा जनतालाई देखाउनु थियो । उनीहरू सत्ता स्वार्थका लागि जो पनि गर्छन् भन्ने देखाउनु थियो, त्यो जनताले देखिसकेका छन,’ महासचिव पोखरेलले भने, ‘एमसीसीलाई पार्टी विभाजनको आधार प्रस्तुत गरेका माधव र प्रचण्डहरू सत्ताको लागि रमिता धेरै देखाउनु भयो । अन्तिममा पारित गर्ने उहाँहरु नै हुनभयो ।’

प्रतिक्रिया
सम्बन्धित