२९ आश्विन २०८३, बिहिबार

अनेसास च्याप्टर सम्मेलन बोस्टनमा हुने

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बोस्टन (अमेरिका), १९ फागुन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले आगामी मे महिनाको २७ र २८ तारिकमा अमेरिकाको बोस्टनमा अनेसास च्याप्टर सम्मेलन गर्ने भएको छ ।

अनेसासका केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइलाको सभापतित्वमा आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजाको संयोजकत्वमा तयारी समिति पनि गठन गरेको छ । समितिले च्याप्टरका पदाधिकारिहरूलाई प्रारम्मिक चरणको तयारी सम्बन्धी जानकारी गराउने र कार्य योजना तय गर्ने जिम्मा पाएको छ ।

कोरोना कहरका कारण अध्यक्ष पौडेलको नेतृत्वमा रहेको कार्यसमितिले खुल्ला रूपमा गर्न लागेको यो पहिलो सम्मेलन हुने छ । विश्वभर रहेका अनेसास च्याप्टरका प्रतिनिधिहरूको सहभागिता रहने यो सम्मेलन च्याप्टर सम्मेलनको चौथो संस्करण हुने छ ।

सम्मेलनमा अनेसास च्याप्टर र केन्द बिचका योजना र कार्यक्रमबारे छलफल हुनुका साथै नेपाली साहित्यका बारेमा विचार विमर्श र कवि गोष्ठी गरिने छ ।