१५ कार्तिक २०८३, आइतबार

प्रतिनिधिसभामा सूचना आयोगको प्रतिवेदन पेश, अर्को बैठक फागुन २२ मा

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ फागुन । प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय सूचना आयोगको आर्थिक वर्ष २०७७÷७८ को वार्षिक प्रतिवेदन पेस भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले उक्त प्रतिवेदन पेस गरेका हुन् ।

बैठकको प्रारम्भ हुनासाथ प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदहरुले गर्नुभएको विरोध र नाराबाजीबीच बैठक सञ्चालन भएको थियो ।

एमालेले संसदको चालु अधिवेशनदेखि विरोध र नाराबाजीका साथ ‘वेल’ घेराउ गर्दै आएको छ । प्रतिनिधिसभाको अर्काे बैठक यही फागुन २२ गते दिउँसो १ बजे बस्नेछ ।