१५ कार्तिक २०८३, आइतबार

सिफलमा ६० जनाले गरे रक्तदान

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ फागुन । काठमाडौँको नवजीवन युवा क्लब र वातावरणमैत्री समाजले संयुक्त रूपमा रक्तदान कार्यक्रम गरेका छन् ।

नेकपा एमालेका नेता एवम् विदेश विभाग प्रमुख राजन भट्टराईको आतिथ्यतामा कार्यक्रम भएको थियो ।

युवाहरुको प्रशंसा गर्दै नेता भट्टराईले भने, ‘अस्पतालमा कतिपय बिरामी रगत नपाएर तड्पिरहेका बेला तपाईंहरूले संकलन गरेको रगतले उनीहरूको ज्यान बचाउन सक्छ । आगामी दिनमा पनि परोपकारका यस्ता कामलाई निरन्तरता दिनुहोला ।’

शिवरात्रिको अवसरमा सिफलमा म‌ंगलबार भएको कार्यक्रममा ६० जनाले रक्तदान गरेका क्लबका अध्यक्ष प्रतीक श्रेष्ठले जनाए ।

वातावरणमैत्री समाजका अध्यक्ष राधेश्याम मिश्रले कोरोना महामारीको असरले अस्पतालहरूमा रगत अभाव भएकाले संकलित रगतबाट बिरामीलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

समाजका अध्यक्ष मिश्रले यो आफूहरूको पाँचौँ रक्तदान कार्यक्रम भएको बताए ।