
काठमाडौँ, १८ फागुन । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विदेशी दलाल भएको दावी गरेका छन् ।
उनले आफूहरुले नेता मानेको मान्छे नै विदेशी दलाल भएको र राष्ट्रघाती कदम चालेको दावी गरेका हुन् ।
नारायणकाजीलाई भेट्न निवासमै पुगेका नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द बिप्लवसँगको छलफलमा उनले प्रचण्डको नियतबारे यस्तो बताएका हुन् ।
विप्लव र श्रेष्ठबीच वुधबार विहान भएको भेटमा श्रेष्ठले विदेशीको दलाल बनेर प्रचण्डले नै महाधिवेशनको निर्णयविरुद्ध राष्ट्रघाती एमसीसी पारित गराएको बताउँदै यस्तो अपराधमा कुनै संझौता गर्न आफूले नसक्ने बताएका हुन् ।
श्रेष्ठ पक्षधर नेताहरुले सुरुदेखि नै एमसीसीको विरोध गर्दै आएका थिए । तर अध्यक्ष प्रचण्डले आफूखुशी निर्णय गर्दै एमसीसी पारित गर्ने फैसला गरेका थिए ।
यही कारणले माओवादी पार्टी फुट्ने देखिएको छ ।















प्रतिक्रिया