
काठमाडौं, १८ फागुन । सानेपास्थित स्टार अस्पतालमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने सेवाको सुरूवात भएको छ ।
नेपालको अग्रणी भुक्तानी सेवाप्रदायक ई–सेवा र कोजेन्ट हेल्थको सहकार्यमा शुरू भएको ई–अपोइन्टमेन्ट प्लेटफर्ममा स्टार अस्पताल आबद्ध भएसँगै अस्पतालमा अनलाइन अपोइन्टमेन्ट सेवाको सुरूवात भएको हो । योसँगै अबदेखि स्टार अस्पतालमा डाक्टरसँगको परामर्शका लागी अपोइन्टमेन्ट बुकीङ तथा भुक्तानी ई–सेवा मोबाइल एप्लिकेशनमार्फत गर्न सकिने छ ।
ई–सेवा मोबाइल वालेटभित्र हेल्थ सेक्सनमा गइस्टार अस्पताल छनोट गरी आफूलाई सहज हुने मिति र समय छनोट गरी डाक्टरको अपोइन्टमेन्ट बुक गर्न र डिजिटल रूपमा तत्काल भुक्तानी गर्न सकिने छ ।
अपोइन्टमेन्ट प्रणालीले बिरामीलाई लाइनमा बस्नुपर्ने झन्झटबाट मुक्ती दिनुका साथै कोभिड १९ को महामारीबाट उत्पन्न हुने जोखिमहरूलाई पनि कम गर्दछ ।















प्रतिक्रिया