
काठमाडौं, १८ फागुन । अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) अनुमोदन गरेर स्थगित भएको प्रतिनिधि सभाको बैठक आज बस्दैछ ।
एमसीसी अनुमोदन भएपछि आज पहिलो पटक संसद बैठक बस्न लागेको हो । बैठक दिउँसो १ बजे बस्नेछ ।
बैठकमा विभिन्न विधेयक पेश गर्ने सम्भावित कार्यसूची छ । अब प्रमुख प्रतिपक्ष नेकपा एमालेको अवरोधकाबीच पनि संसदीय कारवाही अगाडि बढाइने भएको छ ।
यसअघि एमालेको अवरोधका कारण सामान्य विषय मात्रै संसदीय कारबाहीमा परेका थिए । अवरोधकैबीच संसदबाट एमसीसी पारित गरिएपछि अब अन्य विधेयक पनि अगाडि बढाइने भएको हो ।
आजको बैठकमा प्रधानमन्त्रीले राष्ट्रिय सूचना अयोगको वार्षिक प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची छ ।
त्यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीले नेपाल नागरिक उड्यन प्राधिकरण विधेयक २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव र नेपाल हवाई सेवा प्राधिकरण विधेयक पनि पेश गर्ने संघीय संसद सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ ।















प्रतिक्रिया