
काठमाडौं, १८ फागुन । राप्रपा नेपालले संगठन विस्तारलाई तीव्रता दिएको छ ।
पछिल्लो समय विभिन्न जिल्ला समितिहरू धमाधम गठन भइरहेका छन् । यो क्रममा हिजो मंगलबार पार्टीको सुर्खेत जिल्ला अध्यक्षमा जीवन चन्द र रसुवा जिल्ला अध्यक्षमा टीका प्रसाद देबकोटालाई पार्टीले जिम्मेवारी दिएको राप्रपा नेपाल केन्द्रीय सचिवालयले जनाएको छ ।
जनवर्गीय संगठन केन्द्रीय समिति घोषणा सभाको तयारी पनि अन्तिम चरणमा पुगेको राप्रपा नेपालका नेता राजाराम बर्तौलाले जानकारी दिएका छन् । केही दिन भित्रै विद्यार्थी, युबक र महिला संगठनको घोषणा सभा तयारी भएको बर्तौलाले जानकारी दिए ।















प्रतिक्रिया