
काठमाडौं, १८ फागुन । साहित्यकार, पत्रकार तथा अधिवक्ता समेत रहेका बिजय कुमार पोखरेल (बीके पाल्पाली)को निधन भएको छ ।
लामो समयदेखि मिर्गौला रोगबाट पीडित पाल्पालीको मंगलबार राती निधन भएको हो । उनको गए राति नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।
२०३२ सालमा पाल्पामा जन्मिएका उनी केही वर्षदेखि दुवै मिर्गौलामा समस्या आएर डायलासिस गराउँदै आएका थिए ।
पाल्पालीलाई पछिल्लो समय कोरोना सङ्क्रमणसमेत भएको थियो । पाल्पालीका एक छोरा, एक छोरी र श्रीमती छन् ।















प्रतिक्रिया