१५ कार्तिक २०८३, आइतबार

खजुरामा फेला परेको बम नष्क्रिय

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राँझा, १७ फागुन । बाँकेको खजुरामा आज बिहान फेला परेको बम नेपाली सेनाले निष्क्रिय पारेको छ । खजुरा गाउँपालिका–३ स्थित खजुरा बजारको मुख्य चोकमा प्रेसर कुकरमा “नो एमसिसी” लेखेर राखिएको अवस्थामा फेला परेको बम नेपाली सेनाले निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बजारको मुख्य चोकमा शङ्कास्पद वस्तु रहेको खबर पाउनासाथ सुरक्षाकर्मी परिचालन गरी निष्क्रिय बनाउनका लागि नेपाली सेनाको भैरवप्रसाद गणमा खबर गरिएको थियो । नेपालगञ्ज गुलरिया सडकखण्ड अन्तर्गत खजुराको बीच बजारमा बम फेला परेपछि केही समय सडक अवरुद्ध भएको थियो ।

सेनाले बम निष्क्रिय पारेसँगै यातायात सञ्चालनमा आएको उहाँले बताउनुभयो ।–रासस