
काठमाडौँ, १७ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा अोलीले एमसीसी राष्ट्रघाती हो भन्दै आफ्ना नेता तथा कार्यकर्ता सडकमा उचालेर फेरि राष्ट्र एकताका लागि एमसीसी पास गराएको भन्नु लज्जास्पद भएको बताएका छन् ।
‘एमसीसी राष्ट्रघाती हो कि होइन भनि कुरा स्पष्ट गर्नुपर्छ, राष्ट्रघाती भन्दै बाटो भत्काउन लगाए, विपक्षी दलको गाडीमा ढुंगा हान्न लगाए । अहिले आएर राष्ट्रिय एकताको कुरा कहाँबाट आयो ?,’ भन्ने प्रश्न गर्दै उनले सभामुखको पद जाने माधवकुमार नेपालको पद जाने डरले उनीहरुले बहाना बनाएर एमसीसी पास गराएको आरोप लगाए ।
पूर्व प्रधानमन्त्री समेत रहेका अध्यष ओलीले सांसदभन्दा दुई चार गुणा प्रहरी राखेर सभामुखले गर्व महसुस गरेर खुरुखुरु संसद सञ्चालन गरेको टिप्पणी गरे ।












प्रतिक्रिया