
काठमाडौं, १७ फागुन । नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं पूर्वमन्त्री गोकुल बास्कोटाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गर्न ढिला गर्न नहुने बताएका छन् ।
प्रचण्डले नै राष्ट्रघाती भनेको अमेरिकी सहयोग एमसीसी सम्झौता उनैले संसदबाट अनुमोदन गर्न सफल भएकामा सम्मान गर्नुपर्ने र त्यसका लागि नोबेल शान्ति पुरस्कारकै लागि सिफारिस गर्नुपर्ने बास्कोटाको भनाइ छ ।
प्रचण्डको द्वैध चरित्रबारे व्यङ्ग्य गर्दै नेता बास्कोटाले भनेका छन्, ‘सुप्रिमोद्वारा रणनीतिक लक्ष्यका साथ उनकै शब्दमा घोषित राष्ट्रघाती एमसीसी सम्झौता पारित गर्न सफल भएकोमा सुप्रिमो कदमको कडा प्रतिरक्षासाथ जनसंगठनलाई नागरिक अभिनन्दन गर्न आदेश भएछ । अब देउवाले पनि नोबेल शान्तिका लागि सिफारिस गर्न ढिलाइ नगरे हुने थियो । ब्याख्यात्मक क्रान्ति मुस्कुराउदो छ ।’
प्रचण्डले नै राष्ट्रघाती भनेको एमसीसी सम्झौता उनैले संसदबाट अनुमोदन गर्न सफल भएकामा सम्मान गर्नुपर्ने व्यङ्ग्यात्मक टिप्पणी बास्कोटाले गरेका हुन् ।















प्रतिक्रिया