
धनगढी, १६ फागुन । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले एमसीसीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र नेकपा (एस) अध्यक्ष माधवकुमार नेपालको अवसरवाद उदाङ्गो भएको बताएका छन् ।
सोमबार प्रेस चौतारी नेपाल कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्वमन्त्री ज्ञवालीले यस्तो खुलासा गरेका हुन् ।
उनले भने, “उहाँहरु (प्रचण्ड र नेपाल) एमसीसी ठिक छ त्यसैले स्वीकार गर्यौँ भन्न सक्नुहुन्न ।
कांग्रेसले एमालेसँग मिलेर सभामुख हटाउने र एमालेले कारबाही गरेका १४ सांसद्लाई पदच्युत गर्ने भएकाले समर्थन गरेको भन्नुहुन्छ,” उनले भने ,“दुवै नेताकै कारण आज एमसीसीमा अमेरिका र चीन आमनेसामने हुने अवस्था पनि सिर्जना भयो ।”
ज्ञवालीले अवसरवादी गठबन्धनलाई परास्त गरेर एमाले अघि बढ्ने बताए ।















प्रतिक्रिया