७ कार्तिक २०८३, शनिबार

स्थानीय चुनावमा जनस्वास्थ्यलाई एजेन्डा बनाउनुपर्छ : अध्यक्ष तिमिल्सिना

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, १६ फागुन । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आउँदै गरेको स्थानीय तहको निर्वाचनमा जनस्वास्थ्यका विषयलाई राजनीतिक एजेन्डा बनाउनुपर्ने बताएका छन् ।

सुदूरपश्चिम प्रदेशको धनगढीमा हिजो आइतबार सम्पन्न ‘कोभिड–१९ विरुद्धको खोपसम्बन्धी जोखिम सञ्चार तथा सामुदायिक सहभागिता’ विषयक एक दिने अन्तर्क्रिया कार्यक्रममा उनले स्थानीय निर्वाचनमा जनताका घरदैलोमा भोट माग्न जाँदा राजनीतिक दलले जनस्वास्थ्यका विषयमा सचेतना जगाउने र आफ्नो योजना पेश गर्न सुझाब दिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजना, संघीय संसदको संयोजन र विश्व स्वास्थ्य संगठनको प्राविधिक सहयोगमा आयोजित अन्तर्क्रिया कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले कोरोना महामारी अहिले नियन्त्रण उन्मुख रहेको र स्वास्थ्य अनुशासन तथा कोरोनाविरुद्धको खोप लगाएर यसलाई पराजित गर्नुपर्ने बताए ।

‘महामारी र विनाशपछि विकासमा पुर्‍याउने विश्वको अनुभवबाट बुझ्न सकिन्छ,’ उनले भने, ‘कोभिडले धेरै आफन्त गुमायौं । हामी पनि संक्रमित भएँ । त्यससँगै स्वास्थ्य क्षेत्रमा ठूलो सुधार र क्रान्ति पनि भएको छ।स्वास्थ्य पूर्वाधार निर्माण भएका छन् । यो सकारात्मक पक्ष हो ।’

अध्यक्ष तिमिल्सिनाले सांसदहरुले कानुन निर्माणसँगै देशको आर्थिक विकास, समृद्धि र सुशासनमा केन्द्रित हुँदै जनताको पक्षमा काम गर्नुपर्ने बताए ।