७ कार्तिक २०८३, शनिबार

अन्ततः एमसीसी संसदबाट पारित

728
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ फागुन । चर्को विरोधका बाबजुद अन्ततः अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) प्रतिनिधिसभाबाट पारित गरिएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले एमसीसी र त्यससँग सरकारले गरेको व्याख्यात्मक घोषणा अनुमोदन गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए ।

सभामुख अग्नि सापकोटाले त्यसलाई निर्णयार्थ प्रस्तुत गर्दै मौखिक रुपमा पारित गरिएको हो । सभामुख सापकोटाले प्रस्तावको पक्ष र विपक्षमा हुनेलाई मौखिक रुपमा भन्न लगाएका थिए ।

उता प्रतिपक्षी नेकपा एमालेले आजको संसद बैठकभरी नाराबाजी गरेपनि सभामुखले पेलेरै अघि बढेका थिए ।

एमसीसी पारित भएको घोषणा गर्दै सभामुखले फागुन १८ गतेसम्मका लागि संसद बैठक स्थगित भएको जनाएका छन् ।