७ कार्तिक २०८३, शनिबार

एमालेलाई बन्दी बनाउने योजना सफल हुँदैन : वरिष्ठ उपाध्यक्ष पोखरेल

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ फागुन । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी निर्वाचनमा एमाले पहिलो दल बन्ने दाबी गरेका छन् ।

बूढानीलकण्ठ नगरपालिका–६ को पार्टी कार्यालय शनिबार उद्घाटन गर्दै नेता उनले यसका लागि गाउँ र टोलबाटै पार्टीका नेता कार्यकर्ता एकीकृत हुनुपर्ने बताए ।

उनले एमालेलाई बन्दी बनाउने योजना सफल नहुने जिकिर पनि गरे । प्रदेश सांसद एवं एमाले काठमाडौँ अध्यक्ष दीपक निरौलाले स्थानीय तहका निर्वाचनमा पार्टीलाई पहिलो बनाउन एकजुट हुन आग्रह गरे ।

नगरपालिकाका प्रमुख उद्धव खरेलले स्थानीय तहको वर्तमान कार्यकालमा आफूहरुले जनताका पक्षमा धेरै काम गरेको जनाए । रासस