७ कार्तिक २०८३, शनिबार

चार प्रदेशका केही भागमा हल्का वर्षाको सम्भावना

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ फागुन । आज आइतबार देशका विभिन्न चार वटा प्रदेशका केही भागहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका साथै लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरुमा आंशिक बदली रहने छ ।

त्यस्तै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा तथा लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भूभागहरुका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग तथा हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।

देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भूभागका केही स्थानहरु तथा बागमती प्रदेश र प्रदेश १ का उच्च पहाडी र हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

देशमा हाल पश्चिमी न्यूनचापीय वायुको सामान्य प्रभाव रहेको महाशाखाले जनाएको छ ।