५ कार्तिक २०८३, बिहिबार

युक्रेनका राष्ट्रपतिले मोदीलाई टेलिफोन गरेर मागे सहयोग

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ फागुन । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ । जेलेन्स्कीले ट्वीटमार्फत भारतका प्रधानमन्त्री मोदीलाई युक्रेनमा रुसी हमला जानकारी गराएको बताएका छन् ।

उनले मोदीलाई युक्रेनमा एक लाखभन्दा बढी रुसी सैनिक पसेर अन्धाधुन्ध गोली चलाएको जानकारी गराउँदै आक्रमण रोक्न भारतको सहयोग मागेका छन् । साथै भारतलाई सुरक्षा परिषदमा युक्रेनको समर्थन गर्न र रुसी सैनिकसँग लड्नमा सहकार्य गर्न आग्रह गरेका थिए ।

भारतका प्रधानमन्त्री मोदीले के जवाफ दिए भन्ने जेलेन्स्कीले उल्लेख गरेका छैनन् । भारत युक्रेन-रसिया तनावमा मौन छ । यसअघि मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोनमा कुराकानी गरेर युक्रेनमा हिंसा अन्त्य गर्न र कुटनीतिक समाधान खोज्न अपिल गरेका थिए ।- एजेन्सी