
काठमाडौँ, १४ फागुन । निर्णायक बैठक भनिएको शनिबारको नेकपा एमाले र काँग्रेस नेताहरुबीचको बैठक कुनै सहमति बिनै सकिएको छ ।
अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा भएको छलफल विनानिष्कर्ष टुंगिएको छ । कांग्रेसका तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगनकुमार थापा एवं नेकपा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल सहभागी थिए ।
गठबन्धनबाटै एमसीसी पास गर्न माओवादी अध्यक्ष प्रचण्डलगायत नेताहर लागेपछि एमाले काँग्रेसबीचको छलफल बिनानिष्कर्ष सकिएको हो ।
बैठक एमाले महासचिव शंकर पोखरेलले जबसम्म सरकार र सत्तागठबन्धनको एमसीसीका विषयमा स्पष्ट धारणा आउँछ तब मात्रै एमालेको धारणा आउने बताएका थिए ।















प्रतिक्रिया