५ कार्तिक २०८३, बिहिबार

युक्रेनमाथिको आक्रमणमा रुसी ह्‌याकरहरु पनि सक्रिय

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मस्को । युक्रने संकट सुरु भएदेखि रुसी सेनासँगै ह्याकरहरुले पनि साइबर हमलाहरु सुरु गरेका थिए। युक्रेनमा भएको साइबर आक्रमणमा रुस दोषी भएको युक्रेनले बताएको थियो। तर आक्रमणकारीहरू सबै रुसी राष्ट्रपति कार्यालय क्रेमलिनका लागि भने काम गरिरहेका छैनन्।

दिमित्री (उसको वास्तविक नाम होइन) आफ्नो मुलुक (रुस)लाई सहयोग गर्नका लागि युक्रेनलाई आफ्नो कम्प्युटरबाट हराउनु लागिरहेको बताएका छन्। गत हप्ता उनले आफूसहित पाँच सहयोगीहरूले आक्रमणहरु गरेको बताएका थिए। उक्त आक्रमणपछि युक्रेनी सर्भरहरू ह्याक भएको र तिनीहरूलाई अस्थायी रूपमा अफलाइनमा लिएका थिए।

उनीहरूले विद्यालयहरूलाई बम आक्रमण गर्ने २० वटा धम्की सन्देशहरु पनि पठाएको, युक्रेनी र्‍यापिड रेस्पोन्स टिमुको लाइभ ड्यासबोर्ड फिडहरूमा ह्याक गरिएको र मेल डट जिओभी डट यूएु आधिकारिक युक्रेनी सरकारी इमेलहरू साइट पनि बन्द गराएका छन्।

यससँगै युक्रेनी मिलिटरीको वेबसाइट पनि बन्द गराइएको बीबीसीले जनाएको छ। दिमित्रीले भने, यो केवल सुरुवात हो, दिमित्रीले भने। –एजेन्सी