५ कार्तिक २०८३, बिहिबार

रुसको मलाई समात्ने योजना असफल भयो – युक्रेनी राष्ट्रपति

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ फागुन । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शनिबार फेरि नयाँ भिडियो सन्देश जारी गरेका छन् । यो भिडियोमा उनले आफ्नो सेनाले रुसको त्यो योजना विफल पारेको दावी गरेका छन् जुन योजना अनुसार रुसले गत राती उनलाई समातेर उनको ठाउँमा आफ्नो नेतालाई स्थापित गराउन चाहन्थ्यो ।

भिडियो सन्देशमा जेलेन्स्कीले भने ‘हामीले उनीहरुको योजना बेकार गरिदियौं ।’ उनले युक्रेनको सेनाको राजधानी किभ र आसपासका क्षेत्रमा पूरा नियन्त्रण रहेको बताए । उनले युक्रेनका हरेक सहरमा रुसी सैनिकलाई कडा टक्कर दिइएको बताए । साथमा उनले रुसी जनतासँग आफ्ना राष्ट्रपतिमाथि यो आक्रमण बन्द गर्न दबाब बढाउन आग्रह पनि गरे ।

जेलेन्स्कीले यसअघि किभका सडकमा हिँड्दै बनाइएको एउटा भिडियो पोस्ट गरेका थिए । भिडियोमा उनले आफूले आफ्नो सेनालाई रुसको अगाडि आत्ममिर्पण गर्न आदेश दिएको भन्दै सामाजिक संजालमा फैलाइएको दावी गलत भएको बताएका थिए । त्यो भिडियोमा उनले भनेका थिए ‘म यहीँ छु । हामी आत्मसमर्पण गर्ने छैनौं । हामी आफ्नो देशको रक्षा गर्नेछौं ।’