१५ कार्तिक २०८३, आइतबार

वैदेशिक रोजगारीमा जानेको निःशुल्क पीसीआर परीक्षण हुने

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ फागुन । सरकारले वैदेशिक रोजगारीमा जाने सबै श्रमिकको निःशुल्क कोरोना भाइरसको पीसीआर परीक्षण गर्ने भएको छ ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गर्दै निःशुल्क पिसिआर परीक्षणको व्यवस्था गरेको हो ।

यसअघि ८ सय रुपैयाँ शुल्क लाग्थ्यो ।

अबदेखि सरकारी अन्तर्गतका शुक्रराज ट्रपिकल अस्पताल टेकु, वीर अस्पताल र केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाबाट वैदेशिक रोजगारीमा जाने सबै श्रमिकको पिसिआर परीक्षण निःशुल्क हुने भएको हो ।

वैदेशिक रोजगारीमा जान लागेको निश्चित भएको कागजात पेश गर्नुपर्नेछ ।