
काठमाडौँ, १४ फागुन । नेपालमा पछिल्लो २४ घण्टामा १५५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा १५५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार २ हजार २३९ पीसीआर र एन्टिजेन विधिबाट २ हजार ९१३ एन्टिजेन परीक्षण गरिएकोमा १५५ जनामा संक्रमण देखिएको हो ।
यससँगै कुल संक्रमितको संख्या ११ लाख १४ हजार ५४४ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा ५४० जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ९ लाख ५५ हजार ९९८ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ८ हजार ८३९ जना रहेको छ ।
थप १ लाख २९ हजार ११९ जनाले खोप लगाएका छन् । हालसम्म करिब डेढ करोड बढीले कोरोनाविरुद्धको पूर्ण खोप लगाइसकेका छन् ।
थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ९३४ जना पुगेको मन्त्रालयले जनाएको छ ।












प्रतिक्रिया