
काठमाडौँ, १४ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अमेरिकी सहयोग परियोजना (एमसीसी) बारे संस्थागत धारणा बनाउन अल्टिमेटम दिएका छन् ।
उनीहरुबीच शुक्रबार भएको भेटवार्तामा प्रधानमन्त्री देउवाले प्रचण्डलाई एमसीसीबारे संस्थागत धारणा बनाउन आग्रह गरेका हुन् ।
भेटका क्रममा देउवाले प्रचण्डलाई एमसीसीबारे संस्थागत धारणा बनाउन शनिबार ३ बजेसम्मको समय दिएका छन् । नत्र गठबन्धन टुट्ने देउवाको चेतावनी रहेको छ ।
देउवाको अल्टिमेटमपछि पार्टीमा छलफल गरेर संस्थागत निर्णय गर्ने तर्फ प्रचण्ड उन्मुख भएका छन् ।












प्रतिक्रिया