७ कार्तिक २०८३, शनिबार

प्रधानन्यायाधीशविरुद्धको महाभियोग पारित गर्न ल्याइएको होइनः ओली

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ फागुन । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले लगाएको प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग पारित गर्न नल्याइएको बताएका छन् ।

एमाले सम्बद्ध प्रगतिशील पेशागत कानून व्यसायी संगठन (पिपिएलए) को दोस्रो राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै ओलीले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले महाअभियोग पारित गर्न नभएर न्यायिक क्षेत्र अस्तव्यस्त पार्न ल्याइएको बताए ।

उनले भने, ”अहिले यो महाभियोग, धेरैलाई ठिकै हो भन्ने लाग्न सक्छ । म कुनै व्यक्तिको पक्ष वा विपक्षमा बोलिरहेको छैन् । हामी प्रणालीतर्फ हेरिरहेका छौं । यसमा पर्ने असर हेरिरहेका छौं । यो महाभियोग के पारित गर्न लगाएको हो र ? पारित हुन्छ ? यो पारित गर्न लगाएको होईन् । यो त लम्ब्याउँदै, लम्ब्याउँदै, टँग्याउनको लागि हो, हरेक कुरालाई लम्ब्याउने । यो महाभियोग कुनैप्नि पनि दिन संसद्मा निर्णयार्थ प्रस्तुत हुँदैन् । यो न्यायिक क्षेत्रलाई अस्तव्यस्त पार्न ल्याएको हो ।”