५ कार्तिक २०८३, बिहिबार

युक्रेनको राजधानीमा दोहोरो भिडन्त

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ फागुन । युक्रेनको राजधानी किएभका सडकमा दोहोरो भिडन्त सुरु भएको छ। रुसी सैनिक सहरमा प्रवेश गरी आक्रमण गरेपछि दोहोरो हानाहान भएको हो। स्थानीय प्रशासनले सडकमा भिडन्त जारी रहेको भन्दै सर्वसाधारणलाई सेल्टरमै रहन आग्रह गरेको छ। बार्दली या झ्याल नजिक नजान पनि आग्रह गरिएको छ।

यसअघि युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले भिडियो सन्देश जारी गरेर अबको समय निकै कठिन हुने भन्दै डटेर लड्ने बताएका थिए।

राष्ट्रपति जेलेन्स्कीले जनतालाई बलियो भएर बस्न आग्रह गरेका छन्। उनले युक्रेनको भविष्यबारे निर्णायक घडी आएको बताएका छन्। युक्रेनमा सर्वसाधारणलाई हतियार दिइएको छ र रुसको आक्रमण रोक्न पेट्रोल बम बनाउन भनिएको छ।

समाचार एजेन्सी एएफपीका अनुसार रुसी सेनाले किएभको भिक्ट्री एभिन्यूमा रहेको युक्रेनी सैन्य आधार शिविरमा आक्रमण गरेको छ। रुसी सेनाले सहरको एउटा पावर स्टेशन कब्जा गर्ने प्रयास गरिरहेको बताएको छ। केही घण्टाअघि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसी सेनाले राति किएभमा आक्रमण गर्न सक्ने बताएका थिए। –एजेन्सी