५ कार्तिक २०८३, बिहिबार

युक्रेनबाट रुसी सेना फिर्ता गर्न राष्ट्र संघका महासचिवको अनुरोध

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


वासिङटन डिसी स् युक्रेनमा रुसले गरेको आक्रमणको निन्दा गर्ने प्रस्ताव राष्ट्रसंघ सुरक्षा परिषद्मा अघि बढ्न सकेको छैन। रुसले आफ्नो भिटो शक्ति प्रयोग गरेर यसलाई रोकेको छ।

त्यसको केही समयपछि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले युक्रेनमा आक्रमण गर्ने रुसी सेनालाई आफ्नो ब्यारेकमा फर्कन अपिल गरेका छन्।

शान्तिको लागि एउटा अर्को मौका पनि दिनुपर्छ, पत्रकारसँग कुरा गर्दै उनले भने, ‘हामीले हार मान्नुहुँदैन, शान्ति स्थापनाका लागि थप एक मौका दिनुपर्छ। सेना ब्यारेक फर्कनुपर्छ। साथै नेताहरूले शान्ति कायम गरी वार्ताको बाटोमा अघि बढ्नुपर्छ।

संयुक्त राष्ट्रसङ्घका महासचिवले ट्विट गर्दै विगतमा पनि संयुक्त राष्ट्रसङ्घको बडापत्रलाई चुनौती दिइएको थियो तर यो संस्था सधैं शान्ति, सुरक्षा, विकास, न्याय, अन्तर्राष्ट्रिय कानून र मानवअधिकारको पक्षमा उभिएको उल्लेख गरेका छन्।

उनले अन्तर्राष्ट्रिय समुदायले सम्भव भएसम्म सबै प्रयास गर्नुपर्ने बताए। रुसी सेना युक्रेनको सीमामा प्रवेश गरी राजधानी कीभ पुगिसकेको छ।

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आगामी केही घण्टामा रुसले राजधानी कीभमा ठूलो आक्रमण गर्ने सम्भावना रहेको बताएका छन्। उनले चुनौतीलाई शक्तिका साथ सामना गर्न जनतालाई आग्रह गरेका छन्। –बीबीसी