७ कार्तिक २०८३, शनिबार

मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ फागुन । आज चार वटा प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसोपख सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।

पश्चिमी न्यून चापीय प्रणालीले यी चार वटा प्रदेशमा हल्का वर्षा गराउने सम्भावना रहेको हो ।

अरु तीन वटा वाग्मती, मधेस प्रदेश र प्रदेश १ मा भने सामान्यतया मौसम सफा रहनेछ । अहिले काठमाण्डौ उपत्यकासहित देशभर घाम लागेको छ ।

उच्च पहाडी र हिमाली क्षेत्रका केही ठाउँमा आज राति हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

भोलिदेखि केही दिन कुनै पनि मौसमी प्रणालीको प्रभाव नरहने अनुमान छ ।